नेपालगञ्ज भन्सार कार्यालय, बाँकेको परिचय

नेपालगञ्ज भन्सार कार्यालय भेरी अंञ्चलको बांके जिल्ला, साबिकको जयसपुर गा.वि.स. वडा नं.७ , जयसपुरमा बि.स.२०१३ सालमा स्थापना भएको हो । मिति २०८१।०१।२४ देखि ICP बाट कार्य सञ्चालन भएको हो । हाल नेपालगञ्ज उप महानगरपालिका वडा नं.१६, जयसपुरमा पर्दछ । मुल भन्सार कार्यालय नेपाल भारत सीमादेखि करिव ८०० मिटर उत्तर र बांके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजार देखि करिव ४ कि.मि. दक्षिणमा पर्दछ । त्यस्तै यस कार्यालयको यात्रु शाखा पहिले नेपालगंज उ.म.न.पा.२० (साबिकको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६) स्थित आफ्नै भवनमा रही सो स्थानबाट कामकाज संचालन भईरहेकोमा यात्रु जाँचपास कार्यलाई थप सरल तथा सहज र ब्यबस्थित बनाउन नेपाल भारत सीमाबाट ५० मिटर उत्तर तर्फ नयाँ यात्रु शाखाको भवन निर्माण गरी मिति २०७५।०२।१ देखि कार्य संचालन भईरहेको छ । यस भन्सार कार्यालयको बाटो भई भारतवाट पैठारी हुने मुख्य मुख्य बस्तुहरुमा पेट्रेलियम पदार्थ -यस नाकाबाट असुल हुने कूल राजस्व असुलीको करिव ४४% राजस्व पेट्रोलियम पदार्थ रहेको_, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पाटर्स आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम स्के्रप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरु पैठारी हुन्छन् । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरु गहुँको पीठो, ,टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन । नेपालगन्ज भन्सार कार्यालय अनर्तरगत ७ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन ।

नेपालगन्ज भन्सार कार्यालयको सम्पर्क न.

081-412001, 412002. Fax No 412004. email address: nepalgunj @customs.gov.np